यु–१४ फुटसल हुने
काठमाडौं, माघ २२ गते । बूढानिलकण्ठ प्याब्सनको आयोजनामा प्रथम यु–१४ छात्र तथा छात्रा फुटसल प्रतियोगिता माघ २७ र २८ गते हुने भएको छ ।
बूढानिलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयका २५ टिमको सहभागिता रहने उक्त प्रतियोगिता इम्पेरियल वल्र्ड स्कुलमा हुने बुढानिलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठले जानकारी दिए ।
उनले विद्यालयस्तरका विद्यार्थीहरूको प्रतिभा पहिचान, खेलकुद विकास तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिताका संयोजक नवराज भट्टले कार्यक्रमबारे जानकारी गराउँदै खेलहरू लिग नकआउट प्रणालीका आधारमा सञ्चालन गरिने बताए ।
प्रथम हुनेलाई ९ हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै बूढानिलकण्ठ क्षेत्रभित्रका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र खेल संस्कृतिको प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्