काठमाडौं । टी–२० विश्वकपको चौथो खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ। चेन्नईको चेपक स्टेडियममा टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यो समूह ‘डी’ को पहिलो खेल हो।
५ ओभरको खेल सकिँदा न्युजिल्यान्डले २ विकेट गुमाउँदै ४४ रन बनाएको छ। टिम सिफर्ट र ग्लेन फिलिप्स क्रिजमा रहेका छन्।
यसअघि अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनायो। गुलबदिन नाइबले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। सेदिकुल्लाह अटलले २९, रहमानुल्लाह गुरबाजले २७ र दारविश रसूलीले २० रनको योगदान दिए।
न्युजिल्यान्डका लागि लोकी फर्गुसनले २ विकेट लिए भने म्याट हेन्री, रचिन रविन्द्र र ज्याकब डफीले समान १–१ विकेट हात पारे।
टिप्पणी लेख्नुहोस्