लेख विवरण

प्रगतिलाई किङ्ग्स कलेजको छात्रवृत्ति

प्रगतिलाई किङ्ग्स कलेजको छात्रवृत्ति

काठमाडौँ - नेपाल राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रगति नाथलाई स्नातक अध्ययन गर्न बबरमहल स्थित किङ्ग्स कलेजले छात्रवृत्ति प्रदान गरेको छ । सोमबार एक कार्यक्रमबीच कलेजका निर्देशक राज पौडेल तथा किङ्ग्स कलेज परिवारले प्रगतिलाई स्वागत गरेको छ ।

किङ्ग्स कलेज नेपालको उच्च शिक्षाको एक अग्रणी संस्था हो, जुन विद्यार्थीहरूलाई परिवर्तनकारी सिकाइ अनुभव प्रदान गर्न समर्पित छ । अध्ययन गर्न चाहने हरेक विद्यार्थीहरूले अध्ययन गर्न पाउनु पर्छ र केही कुराको अभावले अध्ययनमा बाधा पुग्नु हुन्न भन्ने किङ्ग्स कलेजको मुख्य उद्देश्य रहेको छ । सोही उद्देश्यमा समर्पित रहँदै किङ्ग्स कलेजले धेरै विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

स्वागत कार्यक्रमकै दौरान नेपाली खेलकुद विशेष गरी भलिबलको वृद्धि र विकासमा काम गरिरहेको रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रा ली र किङ्ग्स कलेज बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार प्रत्यक वर्ष रुप्से स्पोर्ट्सबाट सिफारिस भएका २ राष्ट्रिय खेलाडीलाई किङ्ग्स कलेजले छात्रवृत्ति प्रदान गर्नेछ । खेलाडीहरूको शैक्षिक यात्रा सहज बनाउने रुप्से स्पोर्ट्सको प्रस्तावलाई सहजै स्विकारी किङ्ग्स कलेजले खेलकुद छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको हो । सोही छात्रवृत्ति कार्यक्रम बमोजिम प्रगतिले व्यवसाय प्रशासनमा स्नातक अध्ययन गर्न छात्रवृत्ति पाएकी हुन् । किङ्ग्स कलेजले प्रगतिलाई ९० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको हो । किङ्ग्स कलेजको सम्बद्धता अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालय सँग रहेको छ । किङ्ग्स कलेज सन् २०२५ देखि विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गतको QAA मान्यताप्राप्त (QAA Accredited) शैक्षिक संस्था हो ।

प्रगतिलाई किङ्ग्स कलेजमा स्वागत गर्दै प्रेसिडेन्ट नरोत्तम अर्यालले भने "नेपाली खेलाडीहरू अवसरको खोजीमा विदेश पलायन हुँदै जानुपरेको यथार्थ हामी सबैमा अवगत नै छ। यस्तो सन्दर्भमा राष्ट्रिय खेलाडीहरूलाई उच्च शिक्षा, सीप विकास तथा विविध रुपमा क्षमता अभिवृद्धि गर्ने यो सानो पहल गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। "

खेलाडीले शिक्षा र खेलकुदलाई सँगसँगै लग्न निकै महत्त्वपूर्ण छ । यसले खेल जीवनको दौरान नै खेल जीवन पश्चात के गर्ने भन्नेमा खेलाडीलाई परिपक्व बनाउन मदत गर्छ । नेपालको राष्ट्रिय खेल भलिबलको उम्दा खेलाडीलाई आफ्नो उच्च शिक्षा हासिल गर्न मदत गर्न पाउँदा रुप्से स्पोर्ट्स हर्षित छ र खेलाडीहरूको विकास र वृद्धिमा मदत गर्न हरपल अग्रपङ्तिमा रहने छ । रुकुम पश्चिम देखि राष्ट्रिय टोली सम्मको प्रगतिको यात्रा निकै प्रेरणादायी छ । खेलकुद सँगै शिक्षालाई पनि अगाडि लैजान सकिन्छ भनेर प्रगतिले उदाहरण दिएकी छिन र अरु खेलाडीहरूले पनि खेल जीवन सँगै आफ्नो पढाईलाई पनि अघि लग्न जरुरी छ भन्ने हाम्रो सोच हो ।

आगामी दिनमा खेलाडीको शैक्षिक क्षेत्रमा वृद्धि गर्न सँगै थप काम गर्ने रुप्से स्पोर्ट्स र किङ्ग्स कलेज दुवै पक्षले सम्झौताकै दौरान जनाएको छ ।  

खेलकुद मार्फत महिला सशक्तिकरण गर्ने उद्देश्यका साथ रूप्से स्पोर्ट्सले विभिन्न महिला भलिबल प्रतियोगिताहरूमा सक्रिय रूपमा भाग लिँदै आएको छ । साथै भलिबलको विकासमा मदत पुर्याउन रूप्से स्पोर्ट्सले नेपाल पुलिस क्लब भलिबल टोलीलाई प्रायोजन पनि गर्दै आएको छ । रूप्से स्पोर्ट्सको स्वामित्वमा ललितपुर क्वीन्स र थाइल्याण्ड क्वीन्स भलिबल टोली रहेको छ ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.