प्रधानमन्त्रीसंग राखेपको छलफल
काठमाडौं, माघ २६ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन्चालन गरेको मिसन– २०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिनुभएको छ । मिसन– २०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसंग आवश्यक समन्वय गर्ने पनि बताउनु भएको छ ।
जापनमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उदेश्यका साथ राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिदै आएको छ । चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिना सम्म कार्यक्रम सन्चालन हुने भए पछि बाँकी रकम व्यवस्थापनका लागि परिषदले अनुरोध गरेको हो ।
एसियाली खेलकुदको तयारी लगायतका विषयमा प्रधानमन्त्रीलाई सदस्य–सचिव मेहताले जानकारी दिनु भयो । भेटका अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट र उपनिर्देशक दिपक श्रेष्ठको पनि सहभागिता थियो ।
भेटमा प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरि उदेश्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचन लगत्तै विशेष प्रशिक्षण जारी राख्न भन्नु भएको हो ।

टिप्पणी लेख्नुहोस्