लेख विवरण

नेचर र पारामाउन्ट क्वाटरफाइनलमा

नेचर र पारामाउन्ट क्वाटरफाइनलमा

काठमाडौं। नेचर र पारामाउन्ट एकेडेमी दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा नेचरले आरम्भलाई २०–१५ तथा पारामाउन्टले स्कोलर्स होमलाई २५–१५ ले पराजित गरे । नेचरका सुविन गुरुङले ५ तथा पारामाउन्टका जन तामाङले ८ स्कोर गरे ।

जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमीले बीएमसीए ३०–२० ले हराउदै क्वाटरफाइनलमा पुग्यो । लालीगुराँसका सुवास शाहीले १२ अंक जोडे । दुई खेलेको बीएमसी पनि ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३०–२५ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुग्न सफल भयो । बीएमसीका भिजन मगरले ६ अंक बटुले ।

नेचरले बीएमसीए, ओएसिसले लालीगुराँस, जेबीले ग्रिनल्यान्ड र पारामाउन्ट र बसुन्धरा नेसनल एकेडेमी    (बीएनए) संग खेल्ने क्वाटरफाइनल समीकरण तयार भएको छ ।

सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले तेजस्वी एकेडेमीलाई ३०–१६, आयोजक जेबीले तेजस्वीलाई ३५–२०, फेरिल्यान्डले सत्य साइलाई २५–२२, भ्याली पब्लिकले बेलमोन्टलाई ३५–२० र ग्रिनल्यान्डले मन्जरीलाई ३०–२० ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबीएकी सन्जिला मगरले १६, जेबीकी क्रिस्टिना रावलले २०, फेरिल्यान्डकी रेनुका तामाङले १०, भ्याली पब्लिककी सेलिना गुरुङले ११ र ग्रिनल्यान्डकी प्रसिद्धीले १० अंक जोडे ।
क्वाटरफाइनल इबीए र बेलमोन्ट, भ्याली पब्लिक र जेबी, ग्रिनल्यान्ड र सत्य साइ तथा मन्जरी र फेरिल्यान्डबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.