लेख विवरण

प्रधानमन्त्री कप जिल्ला छनोट: ग्रेट हिमालय क्रिकेट एकेडेमीको जित

प्रधानमन्त्री कप जिल्ला छनोट: ग्रेट हिमालय क्रिकेट एकेडेमीको जित

काठमाडौं — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं जिल्ला छनोट चरणको खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले बालुवाटार क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले ३६ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनायो। एकेडेमीका लागि चन्द्रकान्त पौडेलले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ४४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै, ऋतेश आग्रीले १८ बलमा २८ रन बनाउँदै आक्रामक सुरुआत दिलाए।

बालुवाटारका लागि बलिङतर्फ सृजन पाण्डे र धिरज देउबाले समान ३–३ विकेट लिए। अनुशासित बलिङका बाबजुद बालुवाटारले लक्ष्य सीमित राख्न सकेन।

१५६ रनको लक्ष्य पछ्याएको बालुवाटार क्रिकेट क्लब ३६.१ ओभरमा ११३ रनमै अलआउट भयो। टोलीका लागि सुजन रोकायाले ६३ बलमा २७ रन तथा सत्यम बस्नेतले २५ रन बनाए पनि अन्य ब्याटरहरूले जिम्मेवारी लिन सकेनन्।

ग्रेट हिमालयका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। इशान पाण्डे र नितेश कुमारले समान २–२ विकेट लिए भने दर्शिल बिष्टले ३ विकेट हात पार्दै बालुवाटारको मध्यक्रम ध्वस्त पारे। चन्द्रकान्त पौडेलले किफायती बलिङ गर्दै १ विकेट लिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.