लेख विवरण

पीसीएलको पहिलो दिन २ खेल

पीसीएलको पहिलो दिन २ खेल

काठमाडौं, माघ २७ गते । प्याब्सन काठमाडौंको आयोजनामा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को पहिलो दिन बुधबार २ खेल हुनेछ ।

तल्लो मूलपानी क्रिकेट मैदान हुने प्रतियोगिताको पहिलो खेल प्याब्सन बागमती च्यालेन्जर्स र प्याब्सन सुदूरपश्चिम राइजिङबीच हुनेछ । दोश्रो खेलमा आयोजक प्याब्सन काठमाडौं क्यापिटल्सले प्याब्सन गण्डकी इगल्सको सामना गर्ने आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले जनाएका छन् ।

प्रतियोगिताको तयारी पूरा भएको प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धनबहादुर पुनले जनाएका छन् ।

माघ ६ गतेसम्म चल्ने टी–२० प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिम सहभागी छन् ।

आयोजकले यसअघि विजेताको ट्रफी, सहभागी टिमको नाम, टिम लोगो, टिमका प्रायोजक, जर्सी र ‘एन्थम’ सार्वजनिक गरिसकेको छ ।

एन्जल्स स्पोर्ट्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.