खुम्बु र आमादब्लाको जित
काठमाडौं, माघ २७ गते । खुम्बु युनाइटेड क्लब र आमादब्लम युथ क्लबले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिग खेलमा खुम्बुले नाम्चे युथ क्लबलाई ३–१ गोलले पराजित ग¥यो । विजेताका ‘प्लेयर अफ द म्याच’ दावा स्टेविन शेर्पाले २ तथा सोनाम शेर्पाले १ गोल गरे । नाम्चेका टासी दोर्जे शेर्पाले सान्त्वना गोल फर्काए । लगातार दोश्रो जितसंगै खुम्बुको ६ अंक भएको छ । दुई खेलमा नाम्चेको पहिलो हार हो ।
१४ पिक्स एक्सपेडिसनको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको समूह ‘बी’ कै लिगमा आमादब्लमले ठामिछोवा फुटबल टिमलाई १–० गोलले हरायो । जिक्मी शेर्पाले निर्णायक गोल गरे । कर्मा टासी शेर्पा ‘प्लेयर अफ द म्याच’ बने । दुई खेल खेलेको आमादब्लमले पहिलो जित हात पारेको हो । त्यत्तिनै खेलमा ठामिछोवाले लगातार दोश्रो हार व्यर्होयो ।
समूह ‘ए’ को लिगमा बुधबार आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले खुम्बु याम्बु शेर्पा समाज तथा खुन्डे सामुदायिक क्लबले खुम्जुङ युथ क्लबसंग खेल्ने छन् ।

टिप्पणी लेख्नुहोस्