लेख विवरण

दीपेन्द्रसिंह ऐरी पिएसएलमा, इस्लामाबाद युनाइटेडसँग ३१ लाखमा सम्झौता

दीपेन्द्रसिंह ऐरी पिएसएलमा, इस्लामाबाद युनाइटेडसँग ३१ लाखमा सम्झौता

काठमाडौँ, माघ २९ – नेपाली क्रिकेटका भरपर्दा अलराउन्डर तथा राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पिएसएल) को ११औँ संस्करणका लागि अनुबन्धित भएका छन्। उनलाई इस्लामाबाद युनाइटेडले ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा टोलीमा आबद्ध गरेको हो।

बुधबार राति सम्पन्न अक्सन प्रक्रियामार्फत इस्लामाबादले दीपेन्द्रसिंहमा बोली लगाउँदै आफ्नो टोलीमा भित्र्याएको हो। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्रको यो सम्झौता नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

पाकिस्तानको प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता पिएसएलमा इस्लामाबाद युनाइटेडसहित आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। विश्वस्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसरले दीपेन्द्रको करियरमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

यससँगै दीपेन्द्रसिंह पिएसएल खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन्। यसअघि सन् २०१९ मा सन्दीप लामिछानेले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेलेका थिए।

दीपेन्द्रको यो सहभागिताले अन्तर्राष्ट्रिय लिगमा नेपाली खेलाडीको उपस्थितिलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.