लेख विवरण

बुढासुब्बा गोल्डकप: चर्च ब्वाइज टाइब्रेकरमा विजयी, फाइनलमा प्रवेश

बुढासुब्बा गोल्डकप: चर्च ब्वाइज टाइब्रेकरमा विजयी, फाइनलमा प्रवेश

धरान, माघ २९ – २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड, काठमाडौँले झापा–११ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

धरान–१६ स्थित रंगशालामा बिहीबार सम्पन्न रोमाञ्चक खेल निर्धारित समयमा बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।

खेलको १७औँ मिनेटमा झापा–११ का अवोयमि फकुल्नेले गोल गर्दै अग्रता दिलाएका थिए। तर २८औँ मिनेटमा चर्च ब्वाइजका अभिषेक लामाले आत्मघाती गोल गरेपछि झापाले अग्रता दोब्बर बनायो।

त्यसपछि चर्च ब्वाइजले खेलमा पुनरागमन गर्दै ६६औँ मिनेटमा एरोन थापामगरको गोलमार्फत खेल बराबरीमा ल्यायो। निर्धारित समयमा नतिजा ननिस्किएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा चर्च ब्वाइजका एरिक बिस्ट, रोहन कार्की र सुदीप श्रेष्ठ सफल भए भने सुमित श्रेष्ठको प्रहार असफल रह्यो। झापा–११ का तर्फबाट प्रशान्त लक्षमले मात्र गोल गर्न सके। एरोन थापामगर, राजेश दाहाल र गौरव धिमालको प्रहार चर्च ब्वाइजका गोलरक्षक प्रमिजया गच्छादारले उत्कृष्ट बचाउ गरे।

उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक गच्छादार ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कारबाट सम्मानित भए।

अब फाइनल खेल शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ। प्रतियोगिताको उपाधिका लागि दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.