लेख विवरण

अर्किड कप फुटबल भोलिदेखि

अर्किड कप फुटबल भोलिदेखि

काठमाडौं। अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा १० औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत तथा १३ वर्ष उमेर ननाघेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । नकआउट प्रतियोगितामा ४६ टिमको सहभागिता रहने छ ।

शीर्ष चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ ।

अर्किडका संस्थापक प्रेमकुमार भुजेलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको चौतर्फी विकास गर्न विद्यालयले नियमित रूपमा खेलकुद तथा अन्य अत्तिरिक्त क्रियकलाप आयोजना गर्दै आएको बताए । फाइनल फागुन ९ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.