लेख विवरण

आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा

आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा

काठमाडौं। आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महेन्द्र ज्योतिले खुम्बु युनाइटेड क्लबलाई ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

अर्को खेलमा नाम्चेले खुम्जुङ युथ क्लबलाई ४–२ गोलले हरायो । निर्धारित समयको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

आयोजक महेन्द्र ज्योतिका आशिष मगर तथा नाम्चेका निमा टासी शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित भए । फाइनल आइतबार हुनेछ । त्यसै दिन तेश्रो स्थानका लागि पनि खेल हुनेछ ।

नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.