लेख विवरण

आहा! रारा पोखरा गोल्डकप: मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश

आहा! रारा पोखरा गोल्डकप: मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश

पोखरा। पोखरामा जारी आहा! रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार पोखरा रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा मनाङले पाहुना टोली थन्डरबोल्ड नर्थ युनाइटेड (सिक्किम, भारत) लाई १–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयको १६औँ मिनेटमा आशीष श्रेष्ठले गरेको गोल नै मनाङका लागि निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका आशीष श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

खेलभर दुवै टोलीले आक्रमणात्मक खेल देखाए पनि प्राप्त अवसरलाई गोलमा रूपान्तरण गर्न सफल हुन सकेनन्। गोलरक्षक र रक्षापङ्क्तिको मजबुत प्रदर्शनले खेल लामो समयसम्म बराबरीमा अड्किएको थियो।

गोल्डकपअन्तर्गत मङ्गलबार प्लानिङ ब्वाइज युनाइटेडआभा फुटबल क्लब (उज्वेकिस्तान) बीच क्वार्टरफाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीबीच प्रतिस्पर्धात्मक फुटबलको रोमाञ्च प्रदान गरिरहेको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.