लेख विवरण

राष्ट्रिय हक्की प्रतियोगिता : गण्डकीको दोहोरो जित

राष्ट्रिय हक्की प्रतियोगिता : गण्डकीको दोहोरो जित

काठमाडौं। गण्डकी प्रदेशले दोस्रो संस्करणको महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित पारेको छ । गण्डकी पुरुष/महिला दुवैमा विजयी भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ गण्डकीले बागतमी प्रदेशलाई ४–० गोलले पराजित ग¥यो । गण्डकीकी ‘प्लेयर अफ द म्याच’ अंकिता अधिकारीले २ तथा गीता पुन मगर र सीतामाया बलले समान १–१ गोल  गरे ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा गण्डकीले कोशी प्रदेशलाई २–० गोलले हरायो ।  ‘प्लेयर अफ द म्याच’ अशिम बहिकले दुवै गोल गरे ।

महिलामा मधेश प्रदेशले कोशीलाई १–० गोलले पाखा लगायो । प्रीति दासले निर्णायक गोल गरिन् । लक्ष्मनीयाकुमारी दास ‘प्लेयर अफ द म्याच’ बनिन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ५ र महिलामा ५ टिम सहभागी छन् । दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.