लेख विवरण

एन्फा महिला च्याम्पियनसिप: आर्मीको फराकिलो जित, सेमिफाइनलमा स्थान सुरक्षित

एन्फा महिला च्याम्पियनसिप: आर्मीको फराकिलो जित, सेमिफाइनलमा स्थान सुरक्षित

उदयपुर । एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत सोमबार गाईघाटस्थित थरुहट रंगशालामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्यु रोड टिमलाई ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

खेलको १२औँ मिनेटमा जेनिफर रानाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको पकड मजबुत बनाइन्। पहिलो हाफको इन्जुरी समयमा दीपा राईले गोल गरेपछि आर्मी ३–० को सशक्त अवस्थामा पुग्यो।

दोस्रो हाफमा पनि आर्मीको आक्रामक लय कायम रह्यो। दीपा राईले ७२औँ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन् र ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। त्यसपछि सपना लामाले ८१औँ र ९०औँ मिनेटमा दुई गोल थप्दै जितलाई ६–१ मा विस्तार गरिन्।

न्यु रोड टिमका लागि कविता गुरुङले ३४औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन।

प्रतियोगिताअन्तर्गत मंगलबार संकटा फुटबल क्लबचर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने एन्फाका महासचिव किरण राईले जानकारी दिनुभएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.