टी–२० विश्वकप : अफगानिस्तानको जितसँगै दक्षिण अफ्रिका सुपर आठमा
काठमाडौँ। ICC Men's T20 World Cup अन्तर्गत समूह ‘डी’ को प्रतिस्पर्धाबाट दक्षिण अफ्रिकाले सुपर आठमा स्थान सुरक्षित गरेको छ। सोमबार अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेपछि दक्षिण अफ्रिकाको अघिल्लो चरणको यात्रा सुनिश्चित भएको हो।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा अफगानिस्तानले यूएईलाई पाँच विकेटले हरायो। यूएईले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। तर बलिङ र मध्यक्रमको संयमित ब्याटिङका कारण अफगानिस्तानले लक्ष्य पछ्याउँदै महत्वपूर्ण जित हात पार्यो।
समूह ‘डी’ मा लगातार तीन जितसहित दक्षिण अफ्रिका ६ अंकका साथ शीर्ष स्थानमा छ। न्युजिल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा रहँदा अफगानिस्तान र यूएईको समान २–२ अंक छ। क्यानडा भने दुई खेलबाट अंकविहीन रहँदै पुछारमा छ।
समूह चरणको समीकरण झनै रोमाञ्चक बन्दै जाँदा सुपर आठको प्रतिस्पर्धा थप चाखलाग्दो हुने देखिएको छ।
टिप्पणी लेख्नुहोस्