लेख विवरण

पूर्व एन्फा अध्यक्ष गणेश थापाको प्रतिक्रिया: “साम्बा, चिन्ता नगर, उपचार हुन्छ”

पूर्व एन्फा अध्यक्ष गणेश थापाको प्रतिक्रिया: “साम्बा, चिन्ता नगर, उपचार हुन्छ”

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले गम्भीर घुँडाको चोटका कारण उपचारका लागि सहयोग अपिल गरेपछि पूर्व एन्फा अध्यक्ष गणेश थापाले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका छन्।

थापाले फेसबुकमा लेख्दै साम्बाको पछिल्लो अवस्थाबारे सार्वजनिक गरिएको स्टाटसले आफूलाई भावुक बनाएको उल्लेख गरेका छन्। “साम्बा, तिम्रो स्टाटसले निकै भावुक बनायो। एन्फाले नगरे पनि सावित्रा भण्डारी (साम्बा) को उपचार हुन्छ र खेलमैदानमा पुनः फर्काउँछौं,” उनले लेखेका छन्।

उनले साम्बालाई चिन्ता नगर्न आग्रह गर्दै सारा नेपाली उनको साथमा रहेको बताएका छन्। साथै, थापाले तत्कालका लागि ५० हजार रुपैयाँ व्यक्तिगत सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

साम्बाले यसअघि घुँडाको एसीएल र एमसिएलमा गम्भीर चोट लागेको जानकारी दिँदै जटिल शल्यक्रिया तथा लामो पुनर्स्थापनाका लागि आर्थिक सहयोग आवश्यक रहेको अपिल गरेकी थिइन्। उनको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग र समर्थन जुट्ने क्रम जारी छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.