लेख विवरण

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको प्रभावशाली जित, पुलिस ३–० ले पराजित

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको प्रभावशाली जित, पुलिस ३–० ले पराजित

काठमाडौँ, फागुन ११जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध प्रभावशाली जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा जावलाखेलले पुलिसलाई ३–० गोलले हराउँदै महत्वपूर्ण तीन अङ्क जोडेको हो।

एकपक्षीय बनेको खेलमा जावलाखेलका लागि निकोलस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको जावलाखेलले बल नियन्त्रण र अवसर सिर्जनामा वर्चस्व कायम राखेको थियो।

यस जितसँगै जावलाखेलले ६ खेलबाट ९ अङ्क बनाउँदै अंकतालिकाको नवौँ स्थानमा उक्लिएको छ। समान खेल खेलेको पुलिस भने ४ अङ्कसहित १४औँ स्थानमा सीमित छ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ ‘ए’ डिभिजन क्लबका साथै मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेविहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.