लेख विवरण

एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप : लोयल्टी र एलए विजयी

एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप : लोयल्टी र एलए विजयी

काठमाडौँ — लोयल्टी एकेडेमी र आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ ले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन् । लोयल्टीले ज्ञानोदयलाई १–० तथा एलए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ६–१ गोलले पराजित गरे ।

बास्केटबलको गल्र्समा ज्ञानोदयले एलएलाई २०–१० तथा ब्वाइजमा पुष्पसदनले एलएलाई ३७–२३ ले हराए ।

यु–१२ ब्वाइज फुटसलमा एलए ‘ए’ ले एलआरआईलाई ९–०, कान्जिरोवाले भीएस निकेतनलाई १–०, एलए डे बोर्डिङले एलआरआईलाई ६–०, एलए ‘ए’ कान्जिरोवालाई ७–०, भीएस निकेतनले एलआरआईलाई २–०, एलए ‘ए’ ले एलए डे बोर्डिङलाई ४–०, कान्जिरोवाले एलआरआईलाई २–०, एलए ‘ए’ भीएस निकेतनलाई १–० र कान्जिरोवाले एलए डे बोर्डिङलाई ४–१ गोलले पाखा लगाए ।

एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप : लोयल्टी र एलए विजयी

टिप्पणी लेख्नुहोस्

Please Login to comment.