एलएको दुवै टोली फाइनलमा
काठमाडौं, फागुन १४ गते । आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
एलए ‘रातो’ ले स्वस्तिश्री गुरुकुललाई २–० तथा एलए ‘नीलो’ ले कान्जिरोवालाई १–० गोलले पराजित गरे ।
बास्केटबलमा पुष्पसदन दोहोरो उपाधिनजिक पुगेको छ । ब्वाइजमा पुष्पसदनले एलए तथा गल्र्समा पुष्पसदनले ज्ञानोदयसंग उपाधिका लागि खेल्ने छ ।
टेबलटेनिसतर्फ यु–१३ सिंगल्सको ब्वाइजमा रिभानमुनि वज्राचार्य र गल्र्समा आरम्भ संस्कार विद्यालयकी यमिला श्रेष्ठ, मिक्स डबल्समा आरम्भका निश्चल थापा र प्राज्ना महर्जनको जोडी, टिम इभेन्टको ब्वाइजमा डिएभी र गल्र्समा आरम्भ तथा यु–१६ गल्र्स सिंगल्समा एलएकी पमिला जोशीले स्वर्ण जिते ।

टिप्पणी लेख्नुहोस्