लेख विवरण

युरोपमा रहेका नेपालीबीच खेलकुदको उत्सव: तेस्रो एनआरएनए पोल्यान्ड स्पोर्ट्स डे २०२६ आयोजना हुने

युरोपमा रहेका नेपालीबीच खेलकुदको उत्सव: तेस्रो एनआरएनए पोल्यान्ड स्पोर्ट्स डे २०२६ आयोजना हुने

काठमाडौं। गैरआवासिय नेपाली संघ पोल्यान्ड (एनआरएनए पोल्यान्ड) ले युरोपमा बसोबास गर्ने नेपाली नागरिकहरूबीच खेलकुद, मित्रता र एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो NRNA Poland Sports Day 2026 आयोजना गर्ने घोषणा गरेको छ।

उक्त कार्यक्रम ०२ मे २०२६ शनिबार बिहान १०:०० बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रम स्थल भने छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

भलिबल प्रतियोगिता

स्पोर्ट्स डे अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिनेछ, जसमा युरोपमा बसोबास गर्ने सबै नेपाली टोलीहरू सहभागी हुन सक्नेछन्।

  • दर्ता शुल्क: प्रति टोली १५०० PLN

  • पहिलो पुरस्कार: १०,००० PLN नगद + शिल्ड, मेडल तथा प्रमाणपत्र

  • दोस्रो पुरस्कार: ५,००० PLN नगद + शिल्ड, मेडल तथा प्रमाणपत्र

  • तेस्रो पुरस्कार: २,५०० PLN नगद + शिल्ड, मेडल तथा प्रमाणपत्र

  • साथै विभिन्न विधागत पुरस्कार, शिल्ड, मेडल तथा नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ।

भलिबल टोली दर्ताका लागि अनलाइन फाराम उपलब्ध गराइएको छ।

चेस प्रतियोगिता

कार्यक्रम अन्तर्गत चेस प्रतियोगिता पनि आयोजना गरिनेछ।

  • दर्ता शुल्क: २५ PLN

  • सहभागिता: सबै उमेर समूह तथा सबै तहका खेलाडी (शुरुआतीदेखि ग्रान्डमास्टरसम्म)

  • पुरस्कार: आकर्षक उपहारसहित विजेतालाई प्रमाणपत्र प्रदान गरिनेछ।

भुक्तानी विवरण

दर्ता शुल्क भुक्तानीका लागि BLIK नम्बर: 530239168 उपलब्ध गराइएको छ।

सम्पर्क व्यक्ति

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि:

  • मनिष कुमार दाहाल (युवा संयोजक) – 530239168

  • विजय खरेल (सचिव) – 579264125

  • मदन चन्द (खेल संयोजक) – 517172722

एनआरएनए पोल्यान्डले युरोपभर रहेका नेपाली समुदायलाई परिवार, साथीभाइ र खेलकुदको उत्साहसहित कार्यक्रममा सहभागी भई यसलाई स्मरणीय बनाउन आह्वान गरेको छ।

खेलमार्फत नेपाली प्रतिभा प्रदर्शन गर्ने तथा समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस स्पोर्ट्स डेप्रति युरोपेली नेपाली समुदायमा उत्साह बढ्दो देखिएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.