लेख विवरण

माछापुच्छ्रे अध्यक्ष कप भलिबल प्रतियोगिता चैत ११ देखि

माछापुच्छ्रे अध्यक्ष कप भलिबल प्रतियोगिता चैत ११ देखि

कास्की: गण्डकी प्रदेशअन्तर्गत अन्तरपालिका स्तरको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता चैत ११ गतेदेखि सुरु हुने भएको छ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पालिकाका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। स्थानीय स्तरमा भलिबल खेलको विकास र प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

चार दिनसम्म चल्ने प्रतियोगिताले गण्डकी प्रदेशको भलिबल गतिविधिलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.