जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
काठमाडौं, चैत ६ गते ।
लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्याष्टिक (एमएजी–डब्लुएजी) कोर्षमा सहभागी हुन ७ सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको उडिसा जाने भएको छ ।
चैत ९ देखि १३ गतेसम्म हुने कोर्षमा श्रीप्रसाद कोजु, श्रीकृष्ण खर्बुजा, नेप्पल कोजु, लुमिला मानन्धर, पिज्ज महर्जन, देवेश कोजु र सुनिल बुढाथोकी सहभागी हुने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष राजकुमार कार्की, महासचिव मुकुन्दराज शर्मालगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्