लेख विवरण

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

९ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा  लगातार छैटौँ जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थिथ राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न खेलमा टाइम्सले कीर्तिपुरलाई ८२–६० ले पराजित गरेको हो ।

छैटौँ जितपछि टाईम्सले पनि शीर्ष स्थानको त्रिभुवन आर्मीसंगै समान १३ अंक जोडेको छ । समान अंक भएपनि टाईम्स अंक अन्तरको आधारमा दोस्रोमा छ ।

पहिलो क्वाटरमा दुवै टोलीले १२–१२ अंक जोडेपछि दोस्रो क्वाटरमा टाईम्सले २१–१२ को अग्रतासहित हाफटाईमसम्म ३३–२४ को अग्रता बनाएको थियो । त्यसपछि टाईम्सले तेस्रो क्वाटर १७–८ र चौथो क्वाटर ३२–२८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । टाईम्सका लागि श्रेयास बहादुर थापाले सर्वाधिक २० अंक स्कोर गरे ।

आईतबार राती भएको खेलमा विभागीय टोली आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई १०३–६८ को फराकिलो अन्तरले पराजित गरेको छ ।

लिगमा आर्मीको यो सात खेलमा छैटौं जित हो र आर्मीको यो जितपछि ६ जित  र १ हारबाट १३ अंक जोडेको छ ।
आर्मीका निश्चल महर्जनले सर्वाधिक २० अंक स्कोर गरे । आर्मीका नुकेश जुगजाली म्यान अफ दि म्याच घोषित  भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.