लेख विवरण

तेस्रो एन पेनाङ गोल्डकपको उपाधि आयोजक एन पेनाङ एफसीलाई

तेस्रो एन पेनाङ गोल्डकपको उपाधि आयोजक एन पेनाङ एफसीलाई

पेनाङ, मलेसियाको पेनाङमा सम्पन्न तेस्रो संस्करणको “एन पेनाङ गोल्डकप” फुटबल प्रतियोगिताको उपाधि आयोजक एन पेनाङ एफसी ले जितेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा मकालु एफसी (जोहोरबारु) लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक टोलीले शानदार जित हात पारेको हो। खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको एन पेनाङ एफसीले एकतर्फी प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक खेलको अनुभव गराएको थियो।

उपाधिसँगै विजेता एन पेनाङ एफसीले ३३ हजार मलेसियन रिंगेट सहित ट्रफी हात पार्‍यो भने उपविजेता मकालु एफसीले १७ हजार रिंगेट मा चित्त बुझायो।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी (MVP) का रूपमा एन पेनाङका कप्तान लाहान सुब्बा घोषित भए। उनले आकर्षक पुरस्कार स्वरूप iPhone 17 Pro Max प्राप्त गरे।

मलेसियाको प्रमुख पर्व Hari Raya Aidilfitri को अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा देशभर रहेका १६ नेपाली फुटबल क्लबहरू को सहभागिता रहेको थियो।

गत मार्च २१ र २२ गते सम्पन्न प्रतियोगिता सौहार्दपूर्ण तथा भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजक एन पेनाङ एफसीका अध्यक्ष अंकित थापा ले जानकारी दिएका छन्।

विदेशमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, सहकार्य र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले आगामी दिनमा अझ व्यापकता पाउने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.