लेख विवरण

कोपा टोरेरोस यु–१२ खेल्न नेपाली टोली जापानमा, एनआरएनए जापानको साथ र शुभकामना

कोपा टोरेरोस यु–१२ खेल्न नेपाली टोली जापानमा, एनआरएनए जापानको साथ र शुभकामना

काठमाडौं — जापानमा आयोजना हुन लागेको कोपा टोरेरोस यु–१२ फुटबल प्रतियोगितामा सहभागी हुन नेपालबाट गएका प्रतिभाशाली खेलाडीहरू आज सुरक्षित रूपमा जापान आइपुगेका छन्।

एनआरएनए जापानले एक शुभकामना सन्देश जारी गर्दै खेलाडीहरूको सफल यात्राको कामना गरेको छ। सन्देशमा भनिएको छ, “खेलाडीहरूको यो अन्तर्राष्ट्रिय खेल यात्राले उनीहरूलाई अझ अनुभव, आत्मविश्वास र सफलताको बाटोमा अघि बढाउन सहयोग पुर्‍याओस् भन्ने कामना गर्दछौं।”

साथै, उत्कृष्ट प्रदर्शनमार्फत नेपाललाई गर्व गराउने विश्वासका साथ सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ।

उक्त प्रतियोगिताले नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.