नेपाली महिला क्रिकेट टोलीको प्रारम्भिक क्याम्पका लागि खेलाडी घोषणा
काठमाडौं – अप्रिल २०२६ मा रवाण्डामा हुने आईसीसी महिला च्यालेन्ज ट्रफी का लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक क्याम्पका खेलाडीहरू घोषणा गरिएको छ।
क्रिकेट संघले सार्वजनिक गरेको सूची अनुसार २९ खेलाडीहरू क्याम्पमा सहभागि हुनेछन्।
छनोट खेलाडीहरू:
- बिन्दु रावल, सम्झना खड्का, पूजा महतो, इन्दु वर्मा, रुबी पोद्दार
- रुबिना छेत्री, सुमन विष्ट, कविता जोशी, कविता कुँवर, रिया शर्मा
- रोमा थापा, अनु कठायत, मनीषा उपाध्याय, सिमाना के सी, राजमती ऐरि
- रचना चौधरी, सोनी पाख्रिन, सना प्रवीण, खुसी डङ्गोल, सुधा धामी
- किरण कुँवर, लक्ष्मी साउद, अलिशा यादव, तृष्णा विक, कुसुम गोदार
- सिता रानामगर, यशोदा विष्ट, एञ्जि पाठक, रमा बुढाथोकी
संघका अनुसार क्याम्पको प्रदर्शन र फिटनेस मूल्याङ्कन पछि अन्तिम टोली घोषणा गरिनेछ। तयारी नेपाल क्रिकेट संघको प्रशिक्षण केन्द्रमा हुनेछ र लक्ष्य रवाण्डा चुनौती ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्नु हो।

टिप्पणी लेख्नुहोस्