राखेपद्वारा एन्फा कार्यसमिति तीन महिनाका लागि निलम्बित
काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ। राखेपले एन्फालाई पटक-पटक दिएको निर्देशन अवज्ञा गरेको उल्लेख गर्दै खेलकुद विकास नियमावली २०७७ को दफा २९(२) बमोजिम निलम्बन गरिएको जनाएको छ।
राखेपले यसअघि एन्फालाई ‘अर्ली इलेक्सन’ नगर्न निर्देशन दिएको थियो। मंगलबार मात्र राखेपले एन्फाको १३ चैतमा तय गरिएको निर्वाचन स्वीकृतिबिना गर्ने प्रयासप्रति २४ घण्टाभित्र कारणसहित स्पष्टीकरण माग गरेको थियो।
तर एन्फाले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) का नियम र आफ्नै आन्तरिक प्रक्रिया अनुसार निर्वाचन गर्ने तयारी गर्दै आएको जनाएको थियो।
यस परिस्थितिमा राखेपको निलम्बनको निर्णय आए पनि एन्फाको निर्वाचन १३ चैत शुक्रबार झापामा गर्ने तय भएको छ।
यो घटनाले नेपाली फुटबल प्रशासनमा नयाँ बहस र विवादको स्थिति सिर्जना गरेको छ।
टिप्पणी लेख्नुहोस्