लेख विवरण

नेपाल यु–२० साफ च्याम्पियनसिपमा सेमिफाइनल नजिक, श्रीलंका माथि १–० को जित

नेपाल यु–२० साफ च्याम्पियनसिपमा सेमिफाइनल नजिक, श्रीलंका माथि १–० को जित

माले – नेपाल यु–२० टोलीले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल मा सेमिफाइनलको यात्रा अघि बढाएको छ। बुधबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालले श्रीलंका लाई १–० गोलले हरायो।

नेपालको निर्णायक गोल सुवास बम ले गरे, जसले टोलीलाई समूह ‘ए’ मा लगातार दोस्रो जित दिलायो।

पहिलो खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गरेको थियो भने श्रीलंका यस खेलअघि माल्दिभ्ससँग ३–२ गोलले जितेको थियो। यो नेपालको लगातार दोस्रो जीत हो भने श्रीलंकाका लागि पहिलो हार हो।

समूह ‘ए’ मा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंका छन्। नेपालको समूह अन्तिम खेल मार्च २७ मा आयोजक माल्दिभ्ससँग हुनेछ।

समूह ‘बी’ मा भने भारत, बंगलादेश र पाकिस्तान रहेका छन्। राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.