धरानमा चौथो ‘गोर्खा ट्रेल ब्लेजर’ दौड सम्पन्न: पुरुषतर्फ उमेश थापा, महिलातर्फ प्रिया तामाङ विजयी
धरान । गोर्खा ट्रेल ब्लेजर दौड को चौथो संस्करण धरानमा आज सम्पन्न भएको छ। पुरुषतर्फ उमेश थापाले १० किलोमिटर दूरी २५ मिनेट ५१ सेकेन्ड मा पूरा गर्दै विजयी भए भने महिलातर्फ प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्ड मा उपाधि जितिन्।
विजेतालाई रु २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। यो जानकारी आयोजक गोरखा सेमेस्ट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईले दिएका हुन्।
दौड धरान उपमहानगरपालिका–१८ स्थित रत्न चोक बाट सुरु भई मङ्गलबारे, सर्दु खोलाको नयाँ पुल हुँदै धरान–२० विष्णुपादुकास्थित भञ्ज्याङ मा समापन भएको थियो।
प्रतियोगितामा सुनसरी, मोरङ, झापा, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट करिब ५०० धावक–धाविकाहरू सहभागी भएका थिए। प्रतियोगिता जीवित वीर गोर्खा सैनिकहरूको सम्मानमा सञ्चालन हुँदै आएको छ।
आयोजकले यस दौडलाई आगामी वर्ष अझ व्यवस्थित र व्यापक बनाउन योजना बनाइरहेको जानकारी दिएका छन्।

टिप्पणी लेख्नुहोस्