आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन २ का ६ टिमका मालिक सार्वजनिक
काठमाडौं । २०८२ साल चैत १४ गते शनिबार
नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा।लि।ले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन् गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ ।
त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा।लि।ले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रा।लि।मा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रा.लि.को नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।
देशमा लोकिप्रय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकोमा खुशी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले भने, ‘पहिलो संस्करण भव्य रुपमा आयोजना गरेका थियौं । दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने छौं । कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाई दिनेछ । हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउने छौं

टिप्पणी लेख्नुहोस्