लेख विवरण

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा

काठमाडौं, चैत १५ गते । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको आफ्नो दौड यात्रा पूरा गरेका छन् । करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गरेको जनाएका छन् । एकतर्फी दौड पूरा गरी कार्की आइतबार स्वदेश फर्किएका छन् ।

गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्ने अभियानलाई निरन्तरता दिन कार्कीले अयोध्यासम्मको दौड यात्रा गरेका हुन् ।

कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।

त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.