लेख विवरण

आईपीएल २०२६ ओरेन्ज क्याप: हेनरिक क्लासेन शीर्ष स्थानमा, आज शुभमन गिलसँग क्याप खोस्ने मौका

आईपीएल २०२६ ओरेन्ज क्याप: हेनरिक क्लासेन शीर्ष स्थानमा, आज शुभमन गिलसँग क्याप खोस्ने मौका

नयाँ दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (IPL) २०२६ मा सर्वाधिक रन बनाउने ब्याटरलाई प्रदान गरिने 'ओरेन्ज क्याप' को दौड निकै रोमान्चक बनेको छ। हालसम्मको प्रदर्शनका आधारमा सनराइजर्स हैदरावादका हेनरिक क्लासेन शीर्ष स्थानमा कायम छन्।

ताजा अवस्था अनुसार, क्लासेनले ६ खेलमा २८३ रन बनाउँदै ओरेन्ज क्याप आफ्नो कब्जामा राखेका छन्। उनले यस सिजनमा १९ चौका र १० छक्का प्रहार गरिसकेका छन्।

तर, क्लासेनको यो अग्रता आजै तोडिन सक्ने सम्भावना छ। गुजरात टाइटन्सका कप्तान शुभमन गिलले मात्र ४ खेलमा २५१ रन बनाइसकेका छन् र उनी क्लासेनभन्दा ३२ रनले मात्र पछि छन्। आज मुम्बई इन्डियन्सविरुद्ध हुने खेलमा गिलले ३३ रन बनाएमा उनले क्लासेनलाई पछि पार्दै ओरेन्ज क्याप हात पार्नेछन्।

ओरेन्ज क्यापको दौडमा रहेका शीर्ष ब्याटरहरू:

१. हेनरिक क्लासेन (SRH): २८३ रन (६ खेल)

२. शुभमन गिल (GT): २५१ रन (४ खेल)

३. विराट कोहली (RCB): २४८ रन (६ खेल)

४. वैभव सूर्यवंशी (RR): २४६ रन (६ खेल)

यसैबीच, आइतबार भएको खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध २५४ रनको विशाल योगफल तयार पारेको पञ्जाब किंग्सका ब्याटरहरू पनि यो दौडमा अगाडि आउन थालेका छन्। पञ्जाबका युवा ब्याटर प्रियांश आर्यले ९३ रनको उत्कृष्ट पारी खेल्दै आफ्नो बलियो उपस्थिति जनाएका छन्।

यो सिजनमा ब्याटरहरूको शानदार लयले गर्दा हरेक खेलपछि ओरेन्ज क्यापको सूचीमा फेरबदल भइरहेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.