ओमन, स्कटल्याण्ड र अमेरिकासँग खेल्ने ‘नेपाल ए’ टिम घोषणा (सूचीसहित)
काठमाडौँ, ७ वैशाख २०८३
नेपाल क्रिकेट संघ (क्यान) ले ओमन, स्कटल्याण्ड र अमेरिकासँग हुने आगामी श्रृंखलाका लागि ‘नेपाल ए’ क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अप्रिल २२ देखि मे ११, २०२६ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलका लागि ३२ सदस्यीय प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेको हो।
नेपालको आयोजनामा हुन लागेको यस श्रृंखलामा नेपालले ओमन, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिका (USA) सँग प्रतिस्पर्धा गर्नेछ। यी सबै खेलहरू माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्।
टोलीमा युवा र अनुभवी खेलाडीहरूको समिश्रण देखिएको छ। चयन गरिएका खेलाडीहरूमा तृत राज दास, देव खनाल, शङ्कर राना, अनिल कुमार साह र कुशल मल्ल जस्ता परिचित नामहरू रहेका छन्।
खेलाडी सूची: १. तृत राज दास, २. देव खनाल, ३. शङ्कर राना, ४. ईशान पाण्डे, ५. अरनिको यादव, ६. विवेक राना मगर, ७. अनिल कुमार साह, ८. अर्जुन घर्ती मगर, ९. नारायण जोशी, १०. रसिद खान, ११. सन्तोष यादव, १२. हेमन्त धामी, १३. रिजन ढकाल, १४. आकाश चन्द, १५. विशाल पटेल, १६. अर्जुन साउद, १७. प्रतिष जी सी, १८. कुशल मल्ल, १९. युवराज खत्री, २०. विपिन खत्री, २१. दिपेस कँडेल, २२. शेर मल्ल, २३. रुपेस सिंह, २४. सुभ कंसकार, २५. पवन सराफ, २६. सागर ढकाल, २७. दीपक प्रसाद डुम्रे, २८. साहब आलम, २९. प्रकाश जैसी, ३०. सन्दीप जोरा, ३१. मयन यादव र ३२. अभिशेष गौतम।
टोलीको प्रशिक्षणको जिम्मेवारी राजु बस्न्यातलाई दिइएको छ भने सहायक प्रशिक्षकको रुपमा प्रकाश शर्मा रहेका छन्।
यस श्रृंखलाले नेपालको दोस्रो श्रेणीको टोली (Nepal A) लाई अन्तर्राष्ट्रिय टिमहरूसँग एक्सपोजर पाउने र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने राम्रो अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

टिप्पणी लेख्नुहोस्