साफ महिला च्याम्पियनसिपका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा, वैशाख १४ देखि बन्द प्रशिक्षण
काठमाडौं, वैशाख ८ (अप्रिल २१)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी साफ महिला च्याम्पियनसिप २०२६ का लागि ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतमा आयोजना हुने यस प्रतियोगिताका लागि टोलीको चयन गरेका हुन्।
एन्फाका अनुसार च्याम्पियनसिपको तयारीका लागि पहिलो चरणको बन्द प्रशिक्षण आगामी वैशाख १४ गते (अप्रिल २७) देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ। साफ महिला च्याम्पियनसिपको आठौं संस्करण आगामी मे २५ देखि जुन ७ (जेठ ११ देखि २४) सम्म भारतको गोवास्थित फतोर्डा स्टेडियममा आयोजना हुँदैछ।
नेपाल साफ महिला च्याम्पियनसिपको पटक–पटकको उपविजेता रहे पनि हालसम्म उपाधि जित्न सकेको छैन। प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपाली टोली यस पटक पहिलो पटक ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
प्रारम्भिक टोलीमा परेका खेलाडीहरू: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला विक, बिमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हीरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा थोकर।
त्यस्तै पुनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सिलु परियार, सुक्रिया मिया, सुशीला कुमारी चौधरी र उषा नाथ पनि टोलीमा रहेका छन्।

टिप्पणी लेख्नुहोस्