लेख विवरण

मलेसियामा आयोजना हुन लागेको दोस्रो आरटी गोल्ड कप २०२६ का लागि टिम दर्ता खुला

मलेसियामा आयोजना हुन लागेको दोस्रो आरटी गोल्ड कप २०२६ का लागि टिम दर्ता खुला

क्वालालम्पुर। मलेसियामा स्थापित आर.टी. फुटबल क्लब (RTFC) ले आयोजना गर्न लागेको दोस्रो आरटी गोल्ड कप २०२६ का लागि टिम दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको छ। आयोजकले जारी गरेको सूचनाअनुसार दर्ता प्रक्रिया २०२६ मे १ देखि मे २० सम्म सञ्चालन हुने भएको छ।

उक्त प्रतियोगिता आगामी मे ३१ र जुन १, २०२६ मा आयोजना हुने तय गरिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु. २२,००० मलेसियन रिंगेट र दोस्रो पुरस्कार रु. ११,००० मलेसियन रिंगेट रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरूले तोकिएको समयसीमाभित्र आफ्नो दर्ता प्रक्रिया पूरा गर्न आयोजकले अनुरोध गरेको छ।

आरटीएफसीले विशेष रूपमा नेपाली फुटबल एसोसिएसन (NFA) मलेसियामा आबद्ध सम्पूर्ण फुटबल क्लबहरूलाई लक्षित गर्दै सहभागिताका लागि आह्वान गरेको छ। आयोजकका अनुसार यस प्रतियोगितामा NFA मलेसियामा आबद्ध क्लबहरूलाई मात्र सहभागिताको अनुमति रहनेछ।

क्लबका अध्यक्ष राजु योञ्जन तामाङले सबै सम्बन्धित क्लबहरूलाई समयमै दर्ता प्रक्रिया पूरा गरी प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन्। उनले प्रतियोगिताले मलेसियामा रहेका नेपाली फुटबल खेलाडीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

आयोजकले प्रतियोगिताको सफलताका लागि सबै पक्षको सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरेको जनाएको छ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.