दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई
राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले हात पारेको छ। आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को स्कोरले पराजित गर्दै बागमतीले स्वर्ण पदकमाथि कब्जा जमाएको हो।
प्रतियोगिताको नतिजा र पुरस्कार:
प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल गर्यो। विजेता बागमती प्रदेशले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले २० हजार र तेस्रो हुने लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार पाए।
त्यसैगरी, चौथो स्थानमा चित्त बुझाएको कोशी प्रदेशले १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्यो। उक्त सान्त्वना पुरस्कार संघकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी थिइन्।

उत्कृष्ट खेलाडी:
बागमती प्रदेशका दिपेश माझी प्रतियोगिताको 'उत्कृष्ट खेलाडी' घोषित भए। उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सहभागिता र आयोजना:
आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष सुरेन्द्र थपलियाका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विश्वविद्यालय गरी कुल ८ टोलीको सहभागिता रहेको थियो।

पुरस्कार वितरण र अतिथिहरू:
विजेता टोली तथा खेलाडीहरूलाई प्रमुख अतिथि एवं नेपाल ओलम्पिक कमिटीका महासचिब राजिव श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो। पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ र बेसबल सफटबल सघका अध्यक्ष दिपक न्यौपाने लगायतको उपस्थिति थियो।

खेलका दौरान शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवालय प्रमुख निसन महर्जनलगायतका विशिष्ट व्यक्तिहरूले खेलको अवलोकन गर्दै खेलाडीहरूको उत्साह बढाएका थिए।

टिप्पणी लेख्नुहोस्