उडानकै क्रममा महिला बक्सरको हर्कत: लुगा फुकालेर तस्बिर खिचेपछि सामाजिक सञ्जालमा तहल्का
लन्डन । पूर्व 'वाग' (खेलाडीकी प्रेमिका) तथा वर्तमान मिस्फिट्स बक्सर अराबेला डेल बुसोले व्यावसायिक उडानका क्रममा विमानभित्रै उच्छृंखल हर्कत गरेकी छिन्। अस्ट्रेलियाली मूलकी यी सुन्दरीले बेलायत जाने क्रममा विमानको शौचालयमा अर्धनग्न भई तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवाद चुलिएको छ।

'लिल बेल्सी' नामले समेत चिनिने डेल बुसो आगामी जुन १३ मा म्यानचेस्टरमा हुने चर्चित भिडन्त 'टोमी फ्युरी विरुद्ध एडी हल' को अन्डरकार्डमा भिड्दै छिन्। उनले अमेरिकाकी पूर्व एडल्ट स्टार लेह गोटीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

सोही खेलको सिलसिलामा बेलायत यात्रा गरिरहेकी उनले बिजनेस क्लासको फ्लाइटमा आफ्नो भित्री वस्त्र मात्र लगाएर खिचेको तस्बिर इन्स्टाग्राममा साझा गरेकी हुन्। उनले आफ्नो हुडी माथि सारेको र पाइन्ट तल झारेको अवस्थामा 'स्ट्रिपटिज' गरेको तस्बिर सार्वजनिक भएपछि धेरैले यसलाई सस्तो प्रचारबाजीको संज्ञा दिएका छन्।

विवादित विगत र जेल यात्रा
३० वर्षकी डेल बुसोको विगत निकै विवादास्पद रहेको छ। उनले आफ्ना पूर्व प्रेमी तथा एनआरएल स्टार जोस रेनोल्ड्सलाई झुटो गर्भधारणको नाटक गरेर हजारौँ डलर ठगी गरेको आरोप लागेको थियो। उनले आफ्नो स्वार्थ पूरा गर्न जुम्ल्याहा बच्चा खेर गएको भन्दै रेनोल्ड्सलाई मानसिक तनाव दिएको स्वीकार गरिसकेकी छिन्।

त्यति मात्र होइन, उनले क्यान्सर भएको र परिवारका सदस्यको मृत्यु भएको भन्दै अन्य पुरुषहरूलाई समेत झुक्याएको दाबी गरिन्छ। सन् २०२४ को जुलाईमा उनले आफ्नो रोजगारदाताको रकम चोरी गरेको अभियोगमा अस्ट्रेलियाको जेलमा पाँच महिना बिताएकी थिइन्।

हाल बक्सिङमा आफ्नो करियर सुधार्ने प्रयास गरिरहेकी डेल बुसोले तीन व्यावसायिक खेल खेलिसकेकी छिन्, जसमा उनले दुई जित र एक हारको नतिजा निकालेकी छिन्। तर खेल भन्दा पनि आफ्ना विवादास्पद हर्कतका कारण उनी बारम्बार चर्चामा आउने गरेकी छिन्।

टिप्पणी लेख्नुहोस्