न्युटन र स्कोलर्स होम विजयी
काठमाडौं। न्युटन र स्कोलर्स होमले दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।
न्युटनले सेबलाई ६०–४५ ले पराजित ग¥यो । न्युटनका युनिक कार्कीले २१ अंक जोडे । स्कोलर्स होमले अरुणीलाई ३४–१५ ले हरायो । विजेताका निशान खरेलले १२ स्कोर गरे ।
ब्वाइजमा नवदितले स्किब्सलाई ३४–२५, टीआईएले ग्रिनल्यान्डलाई ३०–२४, भ्याली पब्लिकले हिमरश्मिलाई ४५–३०, लालीगुराँस नेसनल एकेडेमीले केएमसीलाई ४०–२८, मार्वलसले आयोजक तेजस्वीलाई ४६–३४ र जीवन ज्योतिले बेलमान्टलाई ३४–२३ ले पाखा लगाए । नवदितका सौरव खड्काले १५, टीआईएका अविस्कार रोक्काले १२, भ्याली पब्लिकका अशोक विकले २३, लालीगुराँसका प्राण मल्लले १५, मार्वलसका सिनेप शाहीले १९ र जीवन ज्योतिका आदर्श तामाङले १७ अंक बटुले ।
गल्र्समा संस्कृति शिक्षा सदनले पद्मचक्रलाई २६–१५, केभीकेएसएसले केएमसीलाई २५–१८, भ्याली पब्लिकले संस्कृतिलाई २१–१२ र फेरिल्यान्डले हिमरश्मिलाई २२–१५ ले पन्छाए । संस्कृतिकी श्रृष्टि थापा मगरले १०, केभीकेएसएसकी खुशी मिफोकले ११, भ्याली पब्लिककी सोनीमाया तामाङले १० र फेरिल्यान्डकी करुणा बोगटीले ११ अंक जोडे ।
टिप्पणी लेख्नुहोस्