Article detail

आसिफले प्रहार गरे करियरकै पहिलो एक दिवसीय सतक

आसिफले प्रहार गरे करियरकै पहिलो एक दिवसीय सतक

काठमाडौंँ । नेपाली ओपनर आसिफ शेखले करियरको पहिलो एक दिवसीय सतक प्रहार गरेका छन्।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आसिफले पपुवा न्युगिनीविरुद्धविरुद्ध सतक प्रहार गरेका हुन्।

आसिफले १०० बलमा १० चौका र २ छक्कासहित सतक पुरा गरेका हुन्। उनको यो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सतक हो।

सन् २०२१ मा पिएनजीबिरुद्ध ओमानमा डेब्यु गरेका आसिफले यसअघि ७ अर्धसतक पूरा गरेका छन्।

आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै छ । आजकै खेलमा आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा १ हजार रन पूरा गरेका छन्।

 

 

 

 

 

 

Write A Comment

Please Login to comment.