लेख विवरण

रजत विजेता खो खो टोलीको स्वागत

रजत विजेता खो खो टोलीको स्वागत

काठमाडौंँ । चौथो एसियाली खो खो च्याम्पियनसिपमा रजत जितेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । मार्च २० देखि २३ तारिखसम्म भारतको आसामस्थित गुवाहटीमा भएको प्रतियोगितामा नेपाली पुरुष÷महिला दुवै टोलीले रजत जितेको नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।

समूह ‘ए’ को लिग चरणका खेलमा नेपालले इरान र भुटानलाई पराजित गरेको थियो भने भारतसँग चुकेको थियो । सेमिफाइनलमा नेपालले बंगलादेशलाई हराउदै भारतसँग उपाधि भिडन्त पक्का गरेको थियो । फाइनलमा पनि नेपाल भारतसँग पछि प¥यो । प्रतियोगितामा आठ राष्ट्र सहभागी थिए ।

महिलामा पनि ८ राष्ट्र सहभागी थिए । समूह ‘बी’ मा रहेको नेपालले दक्षिण कोरिया, बंगलादेश र इन्डोनेसियालाई पाखा लगाउदै समूह विजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा नेपाल भारतसँगै चुक्यो ।

टोलीलाई नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

पुरुष खेलाडी : राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरालसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट ।

महिला खेलाडी : सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी ।

अन्य : प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य ।

 

एसियाली खोखो च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.