Article detail

नेपाली फ्यानले विशेष तरिकाले मनाए क्याप्टेन कुलको जन्मदिन

नेपाली फ्यानले विशेष तरिकाले मनाए क्याप्टेन कुलको जन्मदिन

वीरगंज । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आफ्नो ४२ औं जन्मदिन मनाएका छन् । उनका फ्यानहरु विश्वभर रहेका छन् । नेपालमा पनि उनको फ्यान फलोइङ कम छैन ।

धोनीको जन्मदिनलाई लिएर एउटा तस्बिर नेपाल, भारत सहित अन्य देशहरुको सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोसल मिडियामा भाइरल भएको यो तस्वीरहरु अरु कुने ठाँउको नभएर नेपालको हो । जहाँ क्याप्टेन कूलका फ्यानहरुले आफ्नो मनपर्ने खेलाडीको जन्मदिन विशेष तरिकाले मनाएका छन् ।

महेन्द्र सिंह धोनीका फ्यानहरुले वीरगञ्जमा उनको जन्मदिन विशेष तरिकाले मनाएका छन् । उनको जन्मदिनको अवसर पारेर वीरगञ्जका युवाहरुले रक्तदान तथा सरसफाई कार्यक्रमका आयोजना गरेका थिए । उनीहरुले गरिब तथा असहायहरुलाई खानाका साथै आवश्यक सामाग्रीहरु पनि वितरण गरेका थिए । यसबाहेक ती युवाहरुले सरकारी विद्यालयका करिब २०० बालबालिकालाई झोला वितरण गरेका थिए ।

नेपाली फ्यानहरुले धोनीको जन्मदिन विशेष तरिकाले मनाएको बिषयलाई लिएर नेपालमा मात्र नभएर भारतीय सञ्चारमाध्यहरुमा पनि यसको चर्चा भइरहेको छ ।

 

थप समाचार :

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तानले जित्यो एकदिवसीय सिरिज

अफगानिस्तानले बनायो ठूलो कीर्तिमान

विश्वकपबारे निर्णय गर्न प्रधानमन्त्रीद्वारा उच्चस्तरीय समिति गठन

कोर्नवाल र वारिकन टोलीमा फर्किए

घोषणा गरेको १६ महिनापछि क्रिकेट खेलाडीले पाए पुरस्कार

 

 

 

Write A Comment

Please Login to comment.