श्रीलंका र नेदरल्यान्डपछि स्कटल्यान्डले पनि विश्वकप खेल्ने सम्भावना
काठमाडौंँ । श्रीलंका र नेदरल्यान्डपछि स्कटल्यान्डले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना रहेको छ । भारत र पाकिस्तानबीच जारी तनावका कारण यो सम्भावना बढेर गएको हो । पछिल्ला केही दिनयता पाकिस्तानले भारतमा विश्वकप खेल्न वा नखेल्ने अन्यौलता कायम रहेको छ । भारत आउने बिषयमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले अहिले सरकारको निर्णय कुरेर बसेको छ ।
पाकिस्तान सरकारले पनि आफ्नो टोलीलाई भारत पठाउने बिषयमा एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिको मुख्य काम पाकिस्तानी टोलीको भारत भ्रमणका सम्बन्धमा आफ्नो सुझाव प्रस्तुत गर्नु हो । त्यसैका आधारमा पाकिस्तानका प्रधानमन्त्रीले यस विषयमा आफ्नो निर्णय लिनेछन् ।
यसैबीच आइतवार पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले भारतले एसिया कप खेल तटस्थ स्थानमा खेल्ने माग नत्यागेमा, हामी पनि विश्वकप खेल्न भारत नजाने बताएका छन् । जसकारण पाकिस्तान क्रिकेट टोली अन्यौलमा परेको छ । खासमा यो विवाद एसिया कपको बिषयलाई लिएर उब्जिएको हो । सन् २०२३ को एसिया कप आयोजना अधिकार पाकिस्तानले पाएको छ । तर भारतीय टोली पाकिस्तानमा एसिया कप खेल्ने नजाने कुरामा अडिग रहेको छ । यो विवादलाई सम्याउन एसियन क्रिकेट काउन्सीलले प्रतियोगिता पाकिस्तान र श्रीलंकामा आयोजना गर्ने निर्णय गर्यो । अर्थात भारतले आफ्नो खेलहरु पाकिस्तानमा नभएर श्रीलंका गएर खेल्ने पाउने भयो ।
तर एसीसीको निर्णयले पाकिस्तान क्रिकेटको चित्त खासै बुझने । किनभने आयोजकको नाताले पाकिस्तानले प्रतियोगिताको सम्पूर्ण खेलहरु आफ्नै देशमा आयोजना गर्न पाउनु पर्ने हो । तर एसीसीको निर्णयले पाकिस्तानले मात्र ४ खेलहरु आफ्नो देशमा आयोजना गर्न पाउने भयो । त्यही कारण यो विवाद उब्जिएको हो ।
यदि पाकिस्तानले विश्वकप बहिस्कार ग¥यो भने आइसिसीले के गर्ला ? यो प्रश्नको जवाफमा स्रोतले भन्यो, "आइसिसीले यसका लागि प्लान बी तयार पारेको छ । यदि पाकिस्तान भारत आएन भने जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको टोलीले विश्वकपमा प्रवेश पाउनेछ ।" अहिलेसम्म यस प्रतियोगिताबाट शीर्ष दुई टोली श्रीलंका र नेदरल्याण्ड्सले मात्र विश्वकपको टिकट पाएका छन् । पाकिस्तान नआएको खण्डमा छनोट प्रतियोगितामा तेस्रो स्थानमा रहेको स्कटल्याण्डले विश्वकपमा स्थान बनाउनेछ ।
थप समाचार :
हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी
विश्वकपबारे निर्णय गर्न प्रधानमन्त्रीद्वारा उच्चस्तरीय समिति गठन
एशिया कपको मस्यौदा तालिका सबै टोलीलाई पठाइयो, चाँडै मिती सार्वजनिक हुने
क्रिकेट खेलाडीहरुलाई एसपीएको सम्मान

टिप्पणी लेख्नुहोस्