Article detail

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्र रु एक करोड १५ लाखको लागतमा बनेको हो । उनले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरी स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको बताए ।

वडाअध्यक्ष रिजालका अनुसार ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माणका लागि सहरी विकास कोषबाट रु ६६ लाख,नगर विकास कोषबाट ३४ लाख र वडा नं १ बाट १५ लाख रकम सहयोग उपलब्ध भएको थियो ।

पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र नगरप्रमुख प्रशान्त विष्टले ब्याडमिन्टन प्रशिक्षण केन्द्र सोमबार उद्घाघाटन गरे ।

यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान खुला प्रतियोगिता सुरु भएको छ । सोही अवसरमा धम्बोझी निवासी पूर्वखेलाडीलाई सम्मान गरिएको थियो ।

 

थप समाचार :

एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल तल झर्यो

महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता हुने

महिला तथा पुरुष क्लब लिग भलिबलमा एपिएफ विजयी

त्रिभुवन आर्मी क्लबले विश्वकै सबैभन्दा पुरानोमध्ये एक डुरान्डकप खेल्ने

मलेसियामा प्रथम जोहरकप फुटबल प्रतियोगिता आयोजना हुँदै

Write A Comment

Please Login to comment.