Article detail

विश्व नम्बर २ जोकोभिच १२ औं पटक विम्बल्डनको सेमिफाइनलमा

विश्व नम्बर २ जोकोभिच १२ औं पटक विम्बल्डनको सेमिफाइनलमा

काठमाडौंँ । विश्व नम्बर २ नोभाक जोकोभिच १२ औं पटक संसारकै सबैभन्दा पुरानो टेनिस प्रतियोगिता विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जोकोभिचले क्वाटरफाइनलमा सातौं वरियताका आन्द्रेई रुबलेभलाई ४-६, ६-१, ६-४, ६-३ को सेटमा पराजित गरे। महिला सिंगल्सको क्वाटरफाइनलमा पोल्याण्डकी स्विटेकलाई युक्रेनकी एलिना स्विटोलिनाले ७-५, ६-७, ६-२ र अमेरिकाकी पेगुलालाई चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभाले ६-४, २-६, ६-४ को सेटमा पराजित गरिन् ।

आठौं वरियताका इटालियन स्टार जेनिक सिन्नरले रोमन सफिउलिनलाई ६-४, ३-६, ६-२, ६-२ को सेटमा पराजित गर्दै शीर्ष ४ मा प्रवेश गरे । अब उनले जोकोभिचको सामना गर्नेछन् । सिन्नर र जोकोभिच बाहेक कार्लोस अल्कारेज, ड्यानिल मेदभेदेवलगायत ७ बरियताका खेलाडीले शीर्ष ८ मा परेका छन् । लाइनअपमा अमेरिकाका क्रिस्टोफर युब्याङ्क्स एक मात्र वरियता नभएका खेलाडी हुन्।

लाइनअपमा, अल्कारेजले छैटौं वरियताका डेनमार्कका होल्गर रुनसँग खेल्नेछन् भने तेस्रो वरियताका मेदभेदेवले एटीपी ब्यानरमा अमेरिकाका क्रिस्टोफर युब्याङ्क्सको सामना गर्नेछन्।

महिला सिंगल्सको दुवै क्वाटरफाइनल खेलमा संघर्षपूर्ण भिडन्त भएको थियो। पहिलो खेलमा शीर्ष वरियताकी इन्गा स्विटेकले पहिलो सेट गुमाएकी थिइन् । टाइब्रेकरमा गएको दोस्रो सेट जितेर खेलमा पुनरागमन गर्ने बलियो प्रयास गरेपनि तेस्रो र निर्णायक सेट गुमाएकी थिइन् ।

पहिलो पटक प्रतियोगिताको क्वार्टरफाइनल खेल्दै आएकी स्विटेकले पहिलो सेट ५–७ ले हारेकी थिइन भने दोस्रो सेट टाइब्रेकरमा ७–६ (७–५) ले जितेको थिइन । त्यसपछि विश्व नम्बर एक स्विटेकले निर्णायक सेट जित्ने देखिएको थियो तर युक्रेनकी स्विटोलिनाले अन्तिम सेट ६–२ ले जितेर खेलमा आफ्नो कब्जा जमाइन् ।

अर्को क्वार्टरफाइनलमा भोन्ड्रोसोभाले पहिलो सेट ६–४ ले जितेर सुरुवात गरिन्, तर अमेरिकी पेगुलाले दोस्रो सेट ६–२ ले जितेर खेललाई रोमाञ्चक बनाइन्। यस्तो अवस्थामा तेस्रो सेटमा नै निर्णय लिइएको हो । भोन्ड्रोसोभाले निर्णायक सेट ६-४ ले जितिन्।

 

थप समाचार :

भोन्ड्रोसोभा पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा

तेस्रो एकदिवसीयमा जित निकाल्दै बंगलादेशले बचायो लाज

रङ्गशाला निर्माणका लागि भारतबाट विस्तृत परियोजना प्रतिवेदन माग

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : खेलकुदमन्त्री

नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक

प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको लगातार तेस्रो जित

Write A Comment

Please Login to comment.