तेस्रो एकदिवसीयमा जित निकाल्दै बंगलादेशले बचायो लाज
काठमाडौंँ । तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा मंगलबार बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ । हारसँगै अफगानिस्तानले सिरिज २–१ ले जितेको छ ।
टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४५.२ ओभरमा १२६ रन बनाएर अलआउट भयो। लक्ष्य पछ्याएको बंगलादेशले २३ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाज ६ र इब्राहिम जाद्रान १ रन बनाएर प्याभिलियन फर्किए । तेस्रो नम्बरमा आएका रहमत शाह खाता नखोलि आउट भए । कप्तान हशमतुल्लाह शाहिदी २२ रनमा तेजुल इस्लामको बलमा बोल्ड भए। मोहम्मद नाबी १ र नजिबुल्लाह जद्रान १० रन बनाएर आउट भए । त्यसपछि अजमातुल्लाह ओमरजाईले अर्धशतकीय पारी खेल्दै ५६ रन बनाए । अदबुल रहमान, जियाउर रहमान र मुजिब उर रहमान क्रमशः ४,५ र ११ रन बनाएर प्याभिलियन फर्किए । यसरी अफगानिस्तानको टोली १२६ रनमा अलआउट भयो।
बंगलादेशका शोरिफुल इस्लामले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । तास्किन अहमद र तेजुल इस्लामले २–२ विकेट लिए । मेहिदी हसन र शकीब अल हसनले १–१ विकेट लिए ।
बंगलादेशका ओपनर मोहम्मद नइम र लिटन दासले टोलीको इनिङ्स सुरुवात गरेका थिए । नइम शून्य रन बनाएर प्याभिलियन फर्किए । तर दासले अर्को छेउबाट रन बनाइरहे । नजमुल शान्तो ११ र शकीब अल हसन ३९ रनमा आउट भए । त्यसबीचमा अर्को छेउबाट कप्तान लिटन दासले अर्धसतक प्रहार गर्दै अविजित ५३ रन बनाए । तौहीद हृदय २२ रन बनाएर अविजित रहे । यसरी टोलीले २३.३ ओभरमा ३ विकेट गुमाएर १२७ रनको लक्ष्य पुरा गर्यो ।
बलिङमा अफगानिस्तानका फजलहक फारुकीले २ तथा मोहम्मद नाबीले १ विकेट लिए ।
यसरी अफगानिस्तानले बंगलादेशको घरेलु मैदानमा ३ खेलको एकदिवसीय सिरिज २–१ ले जित्यो । अफगानिस्तानले पहिलो खेल १७ र दोस्रो १४२ रनले जितेको थियो । अब टोलीले बंगलादेशसँग २ खेलको टी–२० सिरिज खेल्नेछ ।
थप समाचार :
रङ्गशाला निर्माणका लागि भारतबाट विस्तृत परियोजना प्रतिवेदन माग
सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : खेलकुदमन्त्री
नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक
प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको लगातार तेस्रो जित

टिप्पणी लेख्नुहोस्