भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज १५० रनमा अलआउट
काठमाडौंँ । भारत र वेस्ट इन्डिजबीच डोमिनिकाको विन्डसर पार्कमा जारी पहिलो टेस्टमा आयोजक वेस्ट इन्डिजमाथि भारतीय टोली हावी देखिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजको टोली पहिलो इनिङ्समा १ सय ५० रनमा सिमित भयो । टोलीका लागि अलिक अथान्जेले सर्वाधिक ४७ रन बनाए । भारतका लागि स्पिनर आर अश्विनले ५ विकेट लिए । जवाफमा ब्याटिङ गर्दै भारतले पहिलो इनिङ्समा बिना विकेट ८० रन जोडेको छ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले सुरुवात राम्रो गरेको थियो । तर, लन्चसम्म टोलीले ६८ रनमा चार विकेट गुमायो । त्यसपछि तेस्रो सत्र अर्थात् टी सेसनमा पछि वेस्ट इन्डिजका ८ ब्याट्सम्यान पेभेलियन फर्किए र आयोजक टोली १५० रनमा अलआउट भयो।
पहिलो इनिङ्समा वेस्ट इन्डिजका अधिकांश ब्याट्सम्यान असफल देखिए । टोलीका पाँच ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । कप्तान तथा ओपनर क्रेग ब्राथवेट २०, अर्का ओपनर चन्दरपल १२, रेफर २, ब्ल्याकउड १४, एलिक अथान्जे ४७, जोशुआ २, होल्डर १८ र अल्जारी जोसेफले ४ रन बनाए। नौऔं नम्बरमा आएका कर्नवाल १९, रोच १ र वारिकनले १ रन बनाए।
भारतका लागि स्पिनर आर अश्विनले ५ विकेट लिए । यसबाहेक रविन्द्र जडेजाले ३ विकेट लिए । योसँगै फास्ट बलर मोहम्मद सिराज र शार्दुल ठाकुरले १–१ सफलता प्राप्त गरे ।
जवाफमा ब्याटिङ गरेको भारतीय टोली राम्रो लयमा देखिएको छ । टोलीका लागि कप्तान रोहित शर्मासँगै डेब्यु गरेका यशस्वी जैसवाल ओपनिङमा आएका छन् । पहिलो दिनको अन्त्यसम्म दुवै ब्याट्सम्यानले ८० रन जोडेका छन् । यस क्रममा यशस्वी जैसवाल (४०) र रोहित शर्मा (३०) रनमा अविजित छन् । पहिलो इनिङ्समा भारतीय टोली अहिले ७० रनले पछाडि रहेको छ ।
थप समाचार :
भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो
एशिया कपको खेल तालिका शुक्रबार सार्वजनिक हुने !
बङ्गलादेशसँग बलदा लिने अवसर : प्रशिक्षक थापा
प्रधानमन्त्री कप : हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबको चौथो जित
अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

टिप्पणी लेख्नुहोस्