Article detail

प्रधानमन्त्री कप : हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबको चौथो जित

प्रधानमन्त्री कप : हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबको चौथो जित

काठमाडौं । टिप टप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबसातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित निकालेका छन् ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगमा बुधबार भएको खेलमा टिप टप हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२० ले जित्यो । दोस्रो सेट पुलिसले २५–२० ले नै जित्दै खेललाई बराबरीमा ल्यायो ।

तेस्रो सेट हेल्प नेपालले ३०–२८ ले जित्यो । चौथो सेटमा पुलिस २५–१८ ले अगाडि रह्यो । अन्तिम तथा निर्णायक सेट हेल्प नेपालले २४–२२ ले जितेको हो । जितसँगै शीर्षस्थनमा रहेको हेल्प नेपालको १२ अङ्क पुगेको छ ।

अर्को खेलमा आर्मीले एपिएफ क्लबलाई ३–२ को सेटमा हरायो । आर्मी पहिलो सेट एपिएफसँग २५–१८ ले पछि परेको थियो । दोस्रो सेट २६–१६ ले जितेको आर्मी तेस्रो सेटमा २६–२४ ले पछि परेको थियो । चौथो सेटमा २८–२६ ले जित निकाल्दै आर्मीले खेलबराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक सेटमा १७–१५ को जित निकाल्दै आर्मीले आफ्नो खातामा तीन अङ्क जोडेको हो ।

पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा हरायो । सैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१, १५–१३ को जित निकालेको हो ।

 

थप समाचार :

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अखिल नेपाल कबड्डी सङ्घमा थापा

वादोरियो करातेमा केसीकै निरन्तरता

सन् २०२७ को विश्वकप पछि एकदिवसीय खेल घटाउन सुझाव

नेपाल सम्मिलित एसिया कपमा भारतले बलियो टोली पठाउने

टोटनह्यामले सोलोमनलाई पाँच वर्षको सम्झौतामा अनुबन्ध गर्यो

Write A Comment

Please Login to comment.