डेभिड बेकह्यामको क्लब मियामीमा अनुबन्धित भए मेस्सी
काठमाडौं । अर्जेन्टिनाका विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी अमेरिकी सकर क्लब इन्टर मियामीमा औपचारिक रुपमा अनुबन्धित भएका छन् ।
पछिल्लो दुई वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा विताएका मेस्सीले गत सिजनको अन्त्यसँगै पीएसजी छाड्ने घोषणा गरेका थिए । पीएसजी छाड्ने घोषण गरेसँगै मेस्सी आफुले दुई दशकभन्दा बढी समय विताएको बार्सिलोना फर्कने चर्चा पनि उत्तिकै चलेको थियो ।
मेस्सी साउदी अरब जाने चर्चाले पनि पछिल्लो समय विश्व फुटबलमा चर्चा बटुलेको थियो । तर फरक हल्ला र चर्चाबीच मेस्सीले अमेरिकी क्लब मियामी रोजेका हुन् । मेस्सीले एमएलएस क्लब मियामीसँग सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।
‘‘म इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि उत्साहित भएको छु । यो मेरालागि राम्रो अवसर हो । हामी सबै मिलेर राम्रो परियोजना निर्माण गर्नेछौं । मियामीमा लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्नेछौं । म यहाँ आफ्नो नयाँ घर बनाउन लागिपरेको छु,’’ सम्झौतापछि मेस्सीले भनेका छन् ।
अर्जेन्टिनालाई सन् २०२२ को कतार विश्वकप उपाधि जिताएपछि मेस्सीको चर्चा विश्व फुटबलमा थप चुलिएको थियो । मियामीका मालिक डेभिड बेकह्यामले मेस्सी अनुबन्धनपछि आफ्नो सपना पूरा भएको बताएका छन् ।
३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लब रोजेका हुन् । सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेस्सी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलबाट मियामीको जर्सीमा देखिने छन् । एजेन्सी
थप समाचार :
एनआरएस स्पोर्टस फाउन्डेसनद्धारा धावकहरुका लागि प्रशिक्षण सन्चालन
राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा बर्खास्त
मेजर लिग क्रिकेट : सिएटल ओर्कासले आरोन फिन्चको सान फ्रान्सिस्को युनिकोर्नलाई हरायो
दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र बंगलादेश भिड्दै
भारतमा हाम्रो टोली चढे्को बसमा ढुंगा प्रहार भएको थियो : शाहिद अफ्रिदी (भिडीयो)
Write A Comment