Article detail

विम्बल्डन जित्ने पहिलो गैर वरियता खेलाडी बनिन् भोन्ड्रोसोभा

विम्बल्डन जित्ने पहिलो गैर वरियता खेलाडी बनिन् भोन्ड्रोसोभा

काठमाडौंँ । चेक गणतन्त्रकी अनवरियता खेलाडी मार्केटा भोन्ड्रोसोभाले टेनिसको सबैभन्दा पुरानो प्रतियोगिता विम्बल्डनको उपाधि जितेकी छिन् । योसँगै उनले आफ्नो करियरको पहिलो ग्राण्डस्लाम उपाधि जित्न सफल भइन् । शनिबार साँझ भएको महिला एकलतर्फको फाइनलमा उनले ट्युनिसियाकी ओन्स जाबेउरलाई ६-४, ६-४ ले हराएकी हुन् ।

भोन्ड्रोसोभा चेक गणतन्त्रबाट विम्बल्डन जित्ने तेस्रो खेलाडी बनिन्। यसअघि सन् १९९८ मा जना नोवोत्ना तथा २०११ र २०१४ मा पेट्रा क्विटोभाले यो उपाधि जितेका थिए ।

१ सय ४६ वर्ष पुरानो प्रतियोगिताको इतिहासमा गैर वरियताविहीन खेलाडीले उपाधि जितेको यो पहिलो पटक हो ।

 

थप समाचार :

दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा नेपाल

भानुकप फुटबल : उद्घाटन खेलमा सेभेन स्टार विजयी

हेल्प नेपाललाई राष्ट्रिय भलिबल क्लब लिगको उपाधि

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नेपाल तेक्वान्दो संघको साधारणसभा सम्पन्न

प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई

 

Write A Comment

Please Login to comment.